२०८३, आश्विन २१ गते

images
  • समाचार
  • एक महिनामा २ हजार ७५७ सवारी...

एक महिनामा २ हजार ७५७ सवारी दुर्घटना,  २४७ जनाको मृत्यु, ८४८ गम्भीर घाइते

एक महिनामा २ हजार ७५७ सवारी दुर्घटना,  २४७ जनाको मृत्यु, ८४८ गम्भीर घाइते

मंगलवार, कार्तिक १८ २०८२०१:०७
मंगलवार, कार्तिक १८ २०८२०१:०७
  • images

    काठमाडौं । असोज महिनामा मात्रै ३ हजार ९४७ वटा सवारी साधन दुर्घटनामा परेका छन्। कूल २ हजार ७५७ वटा दुर्घटनामा यति धेरै सवारी साधन परेका हुन्। ती दुर्घटनामा २४७ जनाले ज्यान गुमाएका छन्। ८४८ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी ४ हजार ३७ जना साधारण घाइते भएका छन्।

    मृत्यु हुनेमा १७७ पुरुष, ५८ महिला, ९ बालक र ३ बालिका रहेका छन्। यसैगरी गम्भीर घाइते हुनेमा ५५६ पुरूष, १७१ महिला, ७९ बालक र ४२ बालिका छन्। २ हजार ६०० जना पुरूष, ९२३ महिला, २८८ बालक र २२५ बालिकाहरू साधारण घाइते भएका छन्।

    दुर्घटनामा परेका सवारी साधनमध्ये बढी मोटरसाइकल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार एक महिनामा कूल दुर्घटनामा परेका सवारी साधनमा मोटरसाइकल मात्रै २ हजार ४६७ रहेका छन्। यो कूल दुर्घटनाको  ६२.५० प्रतिशतले हो।

    त्यसपछि बस ,जिप,कार,माइक्रो दुर्घटना भएका छन्। बस ३.१५ प्रतिशत, जिप, कार माइक्रो १४.०५ प्रतिशत दुर्घटना भएका छन्। यसैगरी ट्यांकर १.६५ प्रतिशत, टेम्पो ८.२३ प्रतिशत, डोजर, लोडर र स्काभेटर ०.१३ प्रतिशत दुर्घटना भएको पाइएको छ।

    सबैभन्दा बढी तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। तीव्र गतिमा सवारी चलाउँदा १ हजार ५३८ दुर्घटना भएका छन्। त्यसपछि चालकको असक्षमता, मापसे, हतारमा बाटो काट्नु र अनावश्यक ओभरटेक गर्दा दुर्घटना भएका छन्। चालकको असक्षमताले २२५, मापसेबाट २०७, हतारमा बाटो काट्दा १३५ र अनावश्यक ओभरटेकबाट ५४ वटा दुर्घटना भएका छन्। 

    acc.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend