२०८३, आश्विन २० गते

images
  • समाचार
  • युवा संघले मेयर बालेनविरुद्ध उजुरी लिएर...

युवा संघले मेयर बालेनविरुद्ध उजुरी लिएर साइबर ब्युरो पुग्यो

युवा संघले मेयर बालेनविरुद्ध उजुरी लिएर साइबर ब्युरो पुग्यो

सीएनएन खबर
बिहिवार, कार्तिक २० २०८२०३:३२
सीएनएन खबर
बिहिवार, कार्तिक २० २०८२०३:३२
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध एमाले निकट युवा संघले उजुरी दर्ता गराएका छन्। युवा संघका उपाध्यक्ष महाराज गुरुङसहितका नेता तथा कार्यकर्ताहरूले मेयर बालेनले लेखेको एउटा सामाजिक सञ्जाल स्टाटसको आधारमा उजुरी लिएर साइबर ब्युरो पुगेका हुन्।

    युवा संघको दाबी अनुसार, उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूमाथि पनि अपमानजनक स्वरूप रहेको छ। संघले बालेनविरुद्ध विद्युतीय अपराध अन्तर्गत कारबाही गर्न माग गरेको छ।

    बालेनले दुई दिनअघि मध्यरातमा अश्लील शब्द प्रयोग गर्दै गालीगलौजयुक्त स्टाटस लेखेका थिए। उनले केही समयपछि स्टाटस हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको थियो। धेरैले स्टाटसको आलोचना गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend