२०८३, आश्विन २१ गते

images
  • समाचार
  • कक्षा १२ को पूरक परीक्षाको नतिजा...

कक्षा १२ को पूरक परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने तयारी

कक्षा १२ को पूरक परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने तयारी

सीएनएन खबर
आइतवार, कार्तिक २३ २०८२०३:१८
सीएनएन खबर
आइतवार, कार्तिक २३ २०८२०३:१८
  • images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशन हुने सम्भावना रहेको छ।

    बोर्डका एक स्रोतका अनुसार, “टेक्निकल समस्या नआएमा आजै नतिजा प्रकाशित हुनेछ।” बोर्डले हाल अन्तिम तयारीमा रहेको र आवश्यक प्राविधिक परीक्षण पूरा भएपछि नतिजा सार्वजनिक गर्ने जनाएको छ।

    कक्षा १२ को पूरक परीक्षा गत असोज ७ र ८ गते देशभर सम्पन्न भएको थियो। नियमित परीक्षामा असफल भई पूरक परीक्षा दिएका विद्यार्थीहरू आजको नतिजाको प्रतीक्षामा छन्।

    यसअघि ११ साउनमा प्रकाशित नियमित परीक्षाको नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए। पूरक परीक्षाको नतिजा पनि बोर्डको आधिकारिक वेबसाइट तथा एसएमएस सेवामार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend