२०८३, आश्विन २१ गते

images
  • अटो
  • सकियो नाडा अटो शो, कति भयो...

सकियो नाडा अटो शो, कति भयो गाडी बुकिङ ?

सकियो नाडा अटो शो, कति भयो गाडी बुकिङ ?

सोमवार, भाद्र १७ २०८१०७:५२
सोमवार, भाद्र १७ २०८१०७:५२
  • images

    काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १६ औं संस्करणको ‘नाडा अटो सो २०२४’ आइतबार सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा गत मंगलबारदेखि सञ्चालन भएको ६ दिने अटो सो आइतबार सम्पन्न भएको हो । अटोमोबाइल्स क्षेत्रको कुम्भमेला मानिने अटो सोमा ८२ हजार ४ सय ७० जनाले अवलोकन गरेको आयोजकले जनाएको छ । 

    अटो सोमा उत्साहपूर्ण सहभागिता रहेको नाडा अटो सोका संयोजक अनुपकुमार बरालले जानकारी दिए । उनका अनुसार अटो शोमा १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये ४ हजार थान चारपाँग्रे र २ हजार थान दुईपाँग्रे सवारी बुकिङ भएको छ भने ८२ हजारभन्दा बढीले अटो शोको अवलोकन गरेका छन् । 

    shibal.jpg

    अटो सो सुरु भएको पहिलो दिन मंगलबार १० हजार र दोस्रो दिन बुधबार १५ हजार दर्शकले प्रदर्शनी अवलोकन गरेका थिए । यसैगरी प्रदर्शनीमा तेस्रो दिन बिहीबार १५ हजार ५ सय, चौथो दिन शुक्रबार १७ हजार २ सय र पाँचौं दिन १८ हजार ४ सय ९७ जना दर्शकले सहभागिता जनाएका थिए । अन्तिम दिन आइतबार भने ८ हजार ४ सय ५५ जना दर्शकले प्रदर्शनी अवलोकन गरेको आयोजकले जनाएको छ ।

    अटो सो अवधिभर अटोमोबाइल व्यवसायी उत्साहित देखिएको नाडाका अध्यक्ष करण चौधरीले बताए । 

    nada.JPG

    अटो सोमा चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्सलगायत गरी १ सय ३० वटा स्टल राखिएका थिए । जसमा २३ वटा चारपांग्रे ब्रान्ड, १९ वटा दुईपांग्रे, १२ वटा हल्का व्यावसायिक सवारीसाधनका ब्रान्ड र बैंक तथा वित्तीय संस्थाका ११ वटा स्टल थिए । साथै अटो सोमा लुब्रिकेन्ट्स, टायर, ब्याट्रीलगायत कम्पनीका स्टल ३३ वटा राखिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend