२०८३, आश्विन २१ गते

images

एनसेलबारे मन्त्रिपरिषद्को निर्णयप्रति साहको आपत्ति

एनसेलबारे मन्त्रिपरिषद्को निर्णयप्रति साहको आपत्ति

मंगलवार, भाद्र १८ २०८१०२:५७
मंगलवार, भाद्र १८ २०८१०२:५७
  • images

    काठमाडौं । आम जनता पार्टी (आजपा) सांसद प्रभु साहले एनसेललाई किस्ताबन्दीमा राजश्व तिर्ने गरी नवीकरण गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयमा आपत्ति जनाएका छन् । 

    मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले करदाता कार्यालयले तोकेको राजश्व नलिईकन किस्ताबन्दीमा राजश्व लिने गरी नवीकरण गर्ने निर्णयमा आपत्ति जनाएका हुन् । 

    ‘यो अर्बौ राजश्व हिनामिना हुने गरी सरकारले के आधार र कुन कानुनमा टेकेर नवीकरण गरियो । प्रधानमन्त्रीको एनसेलसँग के कनेक्सन हो छ‚’ उनले प्रश्न गरे । 

    सांसद साहले कानुन सबैलाई किन समान हुँदैन भन्ने प्रश्न गरे । उनले आम जनताले आफ्नो संस्था नवीकरण गर्दा एनसेल जस्तै राजश्व छुट पाउँछ कि पाउँदैन भनेर प्रश्न गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend