काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव ९० अंकले बढेर २८३० दशमलव १६ को विन्दुमा पुगेको छ ।
आज ३२८ कम्पनीको १ लाख ४४ हजार १ सय ९७ पटकको कारोबारमा ३ करोड ५ लाख ९९ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार रुपैयाँ रहेको छ ।
१०६ कम्पनीको शेयर मूल्य बढ्दा १३३ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ । आठ वटा उपसमूह घटेर बन्द हुँदा ५ वटा बढेको छ ।
मंगलबार एनएलजी इन्स्योरेन्स कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

