२०८३, आश्विन २१ गते

images

सहकारी ठगी प्रकरणः छानबिन समितिको म्याद १५ दिन थप

सहकारी ठगी प्रकरणः छानबिन समितिको म्याद १५ दिन थप

मंगलवार, भाद्र १८ २०८१०५:१२
मंगलवार, भाद्र १८ २०८१०५:१२
  • images

    काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ । 

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकले संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।  बैठकमा समिति सभापति सूर्यबहादुर थापाले संसदीय समितिको म्याद थपका लागि प्रस्ताव पेस गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले म्याद थपको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका हुन् ।

    सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको भनिएका ५० जनासँग समितिले सोधपुछ गरेको सभापति थापाले बताए । बचतकर्ताको बचत सुरक्षा हेतुले प्राप्त प्रमाणको पुष्टी र पुर्नपुष्टी गर्नुपर्ने भएकाले १५ दिन समय आवश्यक भएको सभापति थापाले बताएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend