२०८३, आश्विन २१ गते

images

आन्तरिक हवाई उडानको भाडा घट्यो

आन्तरिक हवाई उडानको भाडा घट्यो

मंगलवार, भाद्र १८ २०८११०:११
मंगलवार, भाद्र १८ २०८११०:११
  • images

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज भदौ १८ गतेदेखि लागू हुने गरी आन्तरिक हवाई उडानको भाडादर घटाएको छ। नेपाल आयल निगमले भदौ १५ गते आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ। 

    हवाई इन्धनको मूल्य घटेसँगै प्राधिकरणले आन्तरिक हवाई उडानको भाडादर ३.६५ प्रतिशतले घटाएको हो। प्राधिकरणले गन्तव्य उडानका आधारमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले हवाई भाडा घटाएको छ। प्राधिकरणले सबैभन्दा कम काठमाडौं–सिमरा उडान गर्दा ४५ रुपैयाँ र सबैभन्दा बढी विराटनगर–नेपालगन्ज उडान गर्दा २६५ रुपैयाँले भाडा घटेको छ।

    यसैगरी काठमाडौंबाट हुने माउन्टेन फ्लाइटको भाडा १७० रुपैयाँले घटेको छ। आयल निगमले घटाएसँगै हवाई इन्धनको प्रतिलिटर १३२ रुपैयाँ कायम भएको छ। यसअघि हवाई इन्धनको मूल्य प्रतिलिटर १३७ रुपैयाँ थियो।

    Domestic-air-fair.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend