२०८३, आश्विन २० गते

images

पलेशा गोवर्द्धनलाई नगर परिक्रमा

पलेशा गोवर्द्धनलाई नगर परिक्रमा

बुधवार, भाद्र १९ २०८१११:०१
बुधवार, भाद्र १९ २०८१११:०१
  • images

    काठमाडौं । पेरिस पालालिम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनको नगर परिक्रमा गराइएको  छ। आज बिहान नेपाल आइपुगेकी उनको स्वागत र सम्मानमा राष्ट्रिय खेलकुद परिषद्ले नगर परिक्रमा गराएको हो।

    पलेशाको नगर परिक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङपनि सहभागी थिए।


    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको पलेशाको नगर परिक्रमा गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर सम्पन्न भएको छ।

    पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले ऐतिहासिक कांस्य पदक जितेकी हुन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend