काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बोलाईएको बैठकको मुख्य एजेण्डा मुख्यसचिव नियुक्तीको रहेको पाइएको छ ।
हालका मुख्यसचिव एकनारायण अर्याल मङ्गलवार९भोलि० राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। यससँगै रिक्त हुँदै गरेको पदमा नयाँ मुख्यसचिव आजै नियुक्त गर्ने सरकारको सम्भावना प्रबल रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ
मुख्यसचिवको दौडमा अहिले तीन नाम प्रमुख रूपमा चर्चामा छन् सुमन अर्याल, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्कर। योग्यताको मूल्याङ्कन र प्रशासनिक अनुभवलाई आधार बनाउँदै सरकारले नयाँ मुख्यसचिव चयन गर्ने संकेत उच्च स्रोतबाट प्राप्त भएको छ।

