२०८३, आश्विन २० गते

images
  • समाचार
  • बैंकिङ कसुर मुद्दामा फरार दीपेन्द्र शाही...

बैंकिङ कसुर मुद्दामा फरार दीपेन्द्र शाही काठमाडौँबाट पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार दीपेन्द्र शाही काठमाडौँबाट पक्राउ

मंगलवार, आश्विन २० २०८३०६:४९
मंगलवार, आश्विन २० २०८३०६:४९
  • images

    काठमाडौँ । प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा बाँकेका दीपेन्द्र शाही रहेका छन् । उनलाई काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा शाहीलाई पक्राउ गरिएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए । प्रहरीका अनुसार शाहीविरुद्ध रु एक करोड ५० लाख बिगो रकम कायम गरिएको बैंकिङ कसुर मुद्दा रहेको छ । 

    पक्राउ परेका शाहीलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend