२०८३, आश्विन २० गते

images
  • राजनीति
  • कांग्रेस महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया, १०...

कांग्रेस महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया, १० बजेदेखि उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया, १० बजेदेखि उम्मेदवारी दर्ता

मंगलवार, आश्विन २० २०८३०७:१६
मंगलवार, आश्विन २० २०८३०७:१६
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र जारी रहनेछ ।

    हिजो सोमबारबाट सुरु भएको बन्दसत्रमा चारवटा प्रतिवेदन पेस भएका छन् । बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन पेस गरेका छन् ।

    यस्तै, महामन्त्री गुरुराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमाथि दोस्रो दिनको बन्दसत्रमा पनि छलफल हुनेछ । छलफल खुलामञ्चको तीनवटा हलमा भइरहेको छ ।

    यसैबीच, महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि आजदेखि निर्वाचन कार्यक्रम सुरु हुँदैछ ।

    केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारी मनोनयनपत्र दर्ताका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । दिउँसो ४ः३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म दाबी विरोध, ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ७ बजे दोस्रो नामावली प्रकाशन गरिनेछ ।

    असोज २१ गते उम्मेदवारको नाम फिर्ता लिने वा सच्याउने निवेदन बिहान ९ बजेसम्म दिन सकिनेछ भने बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन दिनभर उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि समय उपलब्ध गराइनेछ ।

    असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

    मतदान सकिएपछि मतगणना सुरु हुने र निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend