२०८३, आश्विन २१ गते

images

गभर्नर अधिकारी सार्फीको अध्यक्ष चयन

गभर्नर अधिकारी सार्फीको अध्यक्ष चयन

बुधवार, भाद्र १९ २०८१०१:५९
बुधवार, भाद्र १९ २०८१०१:५९
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी साउथ एसिया रिजनल फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सार्फी) को अध्यक्ष चयन भएका छन् ।

    मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी ‘एलाइन्स फर फाइनान्सियल इन्क्लुजन–ग्लोबल पोलिसी फोरम’को बैठकले सार्फीको नेतृत्व नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरेको हो ।

    यसअघि सार्फीको अध्यक्ष माल्दिभ्स मनिटरी अथोरियटी अध्यक्ष थियो भने नेपालका गभर्नर अधिकारी उपाध्यक्ष थिए । गभर्नर अधिकारीले भर्चुअल माध्यमबाट उक्त बैठकको अध्यक्षता ग्रहण गरेका थिए ।

    बैठकले स्टेट बैंक अफ पाकिस्तानलाइ सार्फीको उपाध्यक्ष चयन गरेको छ । सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ग्लोबल पोलिसी फोरमको बैठकका क्रममा सार्फीको स्थापना भएको थियो ।

    नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् ।

    क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नेलगायतका उद्देश्यसहित स्थापना गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend