२०८३, आश्विन १९ गते

images

सुनको भाउ घट्यो, चाँदी बढ्यो

सुनको भाउ घट्यो, चाँदी बढ्यो

बिहिवार, मंसिर ११ २०८२११:२६
बिहिवार, मंसिर ११ २०८२११:२६
  • images

    काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ९ सय रुपैयाँ बढेको थियो । यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो ।

    विगत एक सातामा तोलामा ५ हजार ४ सय रुपैयाँले सुनको भाउ बढेको छ । गत बिहीबार २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको भाउ आज बढेको छ । चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो । महासंघले अघिल्लो दिन प्रतितोला मूल्य ३२२० रुपैयाँ तय गरेकोमा आज ३२८० रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend