काठमाडौं । नेपाल प्रहरीले आफ्नो संगठन तथा व्यवस्थापन ( O & M) सर्वेक्षण सुरु गर्ने भएको छ। सोमबार मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीको O & M सर्वेक्षण गर्न स्वीकृति दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जानकारी दिए।
O & M सर्वेक्षणको मुख्य उद्देश्य प्रहरीका दरबन्दीहरू मिलान गर्नु, आवश्यक नभएका दरबन्दी घटाएर अन्यत्र स्थानान्तरण गर्नु, र अस्थायी कार्यालयका दरबन्दीहरूलाई स्थायी बनाउनु रहेको छ।
यसअघि सशस्त्र प्रहरीमा पनि दरबन्दी मिलान गरिएको थियो, जहाँ तल्लो दर्जाका दरबन्दी घटाएर तीन डीआईजीको दरबन्दी थप गरिएको थियो र अस्थायी कार्यालयहरूलाई स्थायी बनाइएको थियो।

