२०८३, आश्विन २० गते

images
  • समाचार
  • काठमाडौंमा स्कुटरलाई कारले ठक्कर दिँदा युवकको...

काठमाडौंमा स्कुटरलाई कारले ठक्कर दिँदा युवकको मृत्यु, २ घाइते

काठमाडौंमा स्कुटरलाई कारले ठक्कर दिँदा युवकको मृत्यु, २ घाइते

बिहिवार, मंसिर ११ २०८२१२:५९
बिहिवार, मंसिर ११ २०८२१२:५९
  • images


    काठमाडौं । कान्तिपथमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका– २७, कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा.८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक ओखलढुंगा लिखु गाउँपालिका– ९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको   छ ।

    बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुईजनामध्ये एकजनाको सोही अस्पतालमा र एकजनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend