२०८३, आश्विन २० गते

images
  • समाचार
  • उडानमै फोटो खिचेको भन्दै निगमका क्याप्टेन...

उडानमै फोटो खिचेको भन्दै निगमका क्याप्टेन विजय लामा र सोनी राणा ग्राउन्डेड

उडानमै फोटो खिचेको भन्दै निगमका क्याप्टेन विजय लामा र सोनी राणा ग्राउन्डेड

शुक्रवार, मंसिर १२ २०८२०२:०५
शुक्रवार, मंसिर १२ २०८२०२:०५
  • images

    काठमाडौँ । उडान सञ्चालन नियम उल्लंघनको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई ग्राउन्डेड गरेको छ।

    शुक्रबार प्राधिकरणको फ्लाइट अपरेसन डिभिजनले निगमलाई पत्र पठाउँदै वाइडबडी विमानका क्याप्टेन विजय लामा र सोनी राणाले उडान क्रममा फोटो तथा भिडियो खिचेको उल्लेख गर्दै दुवैलाई अर्को निर्णय नभएसम्म रोस्टर–अफ गरिएको जनाएको हो।

    १८ महिनाअघि उस्तै उल्लंघनमा ग्राउन्डेड भएका लामाले माफी मागेपछि कारबाही फुकुवा गरिएको थियो। प्राधिकरणका अनुसार टेकअफ र ल्यान्डिङ समयसमेत उनले भिडियो खिचेको उजुरी परेकाले थप छानबिन हुनेछ।

    फ्लाइट अपरेसन डिभिजन प्रमुख पाइलट संगम कार्कीको हस्ताक्षर रहेको निर्देशनमा दुवै पाइलटलाई सक्रिय उडान ड्युटीमा सहभागी नगराउन स्पष्ट उल्लेख छ। नेपालका उड्डयन सुरक्षासम्बन्धी प्रचलित नियमअनुसार उडानमा रहेका पाइलटले यस्ता गतिविधि गर्न नपाउने व्यवस्था छ।

    करारमा कार्यरत तथा युट्युबरसमेत रहेका क्याप्टेन लामालाई यसअघि पनि यस्तै आरोपमा कारबाही हुँदै आएको छ। उनलाई प्राधिकरणले सोही अभियोगमा चौथो पटक कारबाही गरेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend