२०८३, आश्विन २० गते

images

गोरखामा रोकिरहेको बस दुर्घटना

गोरखामा रोकिरहेको बस दुर्घटना

सीएनएन खबर
आइतवार, मंसिर १४ २०८२०२:००
सीएनएन खबर
आइतवार, मंसिर १४ २०८२०२:००
  • images

    काठमाडौं । गोरखाबाट नारयणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । आइतबार दिउँसो ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ । आँबुखैरेनी-गोरखा सडक खण्डको १२ किलो भन्ने ठाउँमा बस रोकिरहेको थियो ।

    प्रहरीका अनुसार, बस रोकिरहेको ठाउँबाट केही तल झरेको हो । रोकिरहेको ठाउँबाटै बस गुडेर केही मिटर मात्रै तल झरेको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार, बसमा करिब २० जना सवार थिए । घाइतेमध्ये एक जनालाई चितवन लगिएको छ भने अन्य घाइतेलाई त्यहीँ स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend