२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना...

प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

आइतवार, मंसिर १४ २०८२०४:०७
आइतवार, मंसिर १४ २०८२०४:०७
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तु जिल्लाको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । 

    आयोगले आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । जसमा पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, सिनियर अहेव महेन्द्र प्रसाद यादव, कृष्ण प्रसाद तिमिल्सिना, प्रमेश्वर यादव, लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुल्सीराम पौडेल र लेखा सहायक गिरीराज गौतम विरुद्ध मुद्दा दायर भएको हो । 

    उनीहरुमाथि सिनियर अहेव यादवले आर्थिक वर्ष २०७५÷०७६ देखि पालिकामा विभिन्न काम गर्नका लागि पेश्की लिएको र फ्छयौट नभएको, बेरुजु देखिएको उजुरीमा उल्लेख छ । आयोगले उनीहरु विरुद्ध ४६ लाख ७ हजार ३ सय रुपैयाँ मागदावी गर्दै मुद्दा दायर गरेको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend