काठमाडौँ । प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनिराम पोख्रेललाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आइतबार साझ डिसिईओ पोख्रेललाई पनि पक्राउ गरेको हो ।
सिआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिवकुमार श्रेष्ठले दिएको जानकारी अनुसार उनलाई बैंकिङ कसुर अभियोगमा पक्राउ गरिएको हो । यसको केही अघि बैंकका प्रमुख कार्याकरी अधिकृत अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेको थियो ।
शेरचनको गिरफ्तारीका लागि गएको टोलीले नै पोख्रेललाई पनि पक्राउ गरेको हो । सिआईबी प्रवक्ता श्रेष्ठका अनुसार टोली अहिले पनि अपरेसनमै रहेको छ । थप विवरण आउन बाँकी छ ।
यसअघि प्रभु ग्रुपका सञ्चालक तथा नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचनलाई पक्राउ गरेकोमा धरौटीमा रिहा भएका छन् । प्रभु म्यानेजमेण्ट प्रालिका खाता सञ्चालक हेमकुमार महाजुलाई पनि सीआईबीले नियन्त्रणमा लिइसकेको छ।

