२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • हेटौंडामा सडक विस्तार अभियान तीव्र, बुद्धचोक...

हेटौंडामा सडक विस्तार अभियान तीव्र, बुद्धचोक क्षेत्रका संरचना भत्काउन सुरु

हेटौंडामा सडक विस्तार अभियान तीव्र, बुद्धचोक क्षेत्रका संरचना भत्काउन सुरु

शनिवार, मंसिर २० २०८२११:४६
शनिवार, मंसिर २० २०८२११:४६
  • images

    काठमाडौं । सडक डिभिजन हेटौंडाले आज (शनिबार) बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर तथा अन्य संरचनाहरू भत्काउने कार्य सुरु गरेको छ।

    गत मंसिर ५ गते डिभिजनले १५ दिने अल्टिमेटम जारी गर्दै सडक सीमा २५ गजभित्र पर्ने सबै संरचनाहरू हटाउन आदेश दिएको थियो। सो समयसीमा शुक्रबार सकिएपछि डिभिजनले बिहानैदेखि डोजर परिचालन गर्दै संरचना हटाउने काम अघि बढाएको हो।

    स्थानीय प्रशासनको सहकार्यमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ। सडक डिभिजन हेटौँडाले रेखाङ्कन (रोड एलाइनमेन्ट) भित्र परेका संरचनाहरू हटाउँदै विस्तार कार्यलाई तीव्रता दिएको जनाएको छ।

    सडक विस्तारसँगै यातायात सहज हुने, भीडभाड कम हुने र शहरको सडक पूर्वाधार सुधार हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend