काठमाडौँ । सरकारले ७ जना उपसचिवको सरुवा तथा पदस्थापन गर्दा ३ जनाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार(आज) कुश्मा नगरपालिका, कोल्हवी नगरपालिका र लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित अन्य विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।
यसरी सरुवा गरिएका उपसचिवहरूमध्ये तीन जनालाई प्रमुख प्रशासकीय अधिकृतमा नै खटाएको छ भने बाँकीलाई मन्त्रालय तथा निकायमा पठाइएको छ ।
सूची अनुसार कुश्मा नगरपालिकामा कार्यरत घनश्याम गौतमलाई गृहमन्त्रालय, कोल्हवी नगरपालिकामा कार्यरत पितनाथ लुईटेललाई लालबन्दी नगरपालिका, सामान्य प्रशासनमा कार्यरत रमेश श्रेष्ठलाई कोल्हवी नगरपालिका, शिक्षा मन्त्रालयमा कार्यरत खिम बहालुर भुजेललाई लहान नगरपालिकामा सरुवा गरिएको छ ।
यस्तै, लहान नगरपालिकामा कार्यरत जयकान्त झालाई वृन्दावन नगरपालिका र भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत अमित आचार्यलाई शिक्षा मन्त्रालयमा सरुवा तथा पदस्थापना गरिएको हो ।

