काठमाडौँ । धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै सम्भव भएसम्म दिनदिनै प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरेका छन् ।
पछिल्लो समय मन्त्रालयले प्रशासकीय अधिकृतको फेरबदल छिटो गरेपछि उनले मन्त्रालयलाई व्यगं गर्दै पत्र लेखेका हुन् ।
पत्रमा नगर प्रमुख गुरुङले पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाइँ गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाई भैंसी ब्याउन, दूध उत्पादन गर्न, सिंचाइ गर्न, फलफूल लगाउन फुल्न र सो को निकासा गरी बिक्री वितरण गर्न कुनै समस्या नरहेको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृतको हकमा दिनैपिच्छे वा महिनैपिच्छे पठाउँदा पनि हुने लेखेका छन् ।

