२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सिएनआई र सामाजिक सुरक्षा कोषबीच श्रमिकको...

सिएनआई र सामाजिक सुरक्षा कोषबीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी पत्रमा हस्ताक्षर

सिएनआई र सामाजिक सुरक्षा कोषबीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी पत्रमा हस्ताक्षर

सीएनएन खबर
मंगलवार, मंसिर २३ २०८२०४:५८
सीएनएन खबर
मंगलवार, मंसिर २३ २०८२०४:५८
  • images

    काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई) र सामाजिक सुरक्षा कोष (एसएसएफ) ले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउन र श्रमिकलाई योजनामा आवद्ध गराउन प्रोत्साहन गर्न समझदारी गरेको हो । 

    सोमबार परिसंघ सचिवालयमा परिसंघ र सामाजिक सुरक्षा कोषले संयुक्त रूपमा आयोजना गरेको सामाजिक सुरक्षाबारे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    यस सहकार्य अन्तर्गत नेपाल उद्योग परिसंघले आफ्ना सदस्य उद्योगहरूलाई सामाजिक सुरक्षा योजनामा जोड्न सहयोग गर्न, देशभर सचेतना कार्यक्रम सञ्चालनमा गर्न, आवश्यक जानकारी उपलब्ध गराउन तथा श्रमीकका दीर्घकालीन हित सुनिश्चित गर्ने उद्देश्य रहेको छ ।

    समझदारी पत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा। घनश्याम ओझा तथा एसएसएफका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे ।

    कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यो सहकार्य श्रमिक र उद्योग दुवैका लागि अत्यन्त महत्त्वपूर्ण भएको बताए । उनले उद्योगीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै, यो साझेदारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ व्यवहारिक र पहुँचयोग्य बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा। कृष्णहरि पुष्करले सामाजिक सुरक्षा कोष श्रमिकको जीवन सहज र सुरक्षित बनाउने एक महत्वपूर्ण आधार भएको उल्लेख गर्दै, यस समझदारीले सबै क्षेत्रका श्रमिक र रोजगारदाताको सक्रिय सहभागिता अभिवृद्धी  गर्न र दर्ता प्रणालीमा समाहित हुन सहयोग गर्न महत्वपुर्ण भूमिका खेल्ने बताए ।

    उक्त कार्यक्रममा परिसंघका उपाध्यक्ष भीम घिमिरेले सामाजिक सुरक्षा कोष कल्याण कार्यक्रम मात्र नभएर मानव पँजी विकासको मुख्य आधार रहेको बताए । उनले परिसंघले यस्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम प्रदेश स्तरमा पनि बृहत रुपमा संचालन गर्ने बताए ।

    सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकरीले सामाजिक सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै लैजान र श्रमिकका सुविधाहरूलाई विस्तार गर्दै लैजान यो सहकार्य महत्वपुर्ण रहेको बताए ।

    कार्यक्रममा सामाजिक सुरक्षा कोषका पुर्व संचालक समिति सदस्य तथा परिसंघको रोजगारदाता परिषदका सभापति  धुव्र रिजाल, सामाजिक सुरक्षा कोषका संचालक समिति सदस्य तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र का अध्यक्ष जगत बहादुर सिँखडा लगायत अन्य आवद्ध महासंघका पदाधिकारीहरु, सामाजिक सुरक्षा कोषका प्रतिनिधिहरु, रोजगारदाता परिषदका सदस्यहरु, उद्योगी व्यवसायी प्रतिनिधिहरु लगायत उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend