२०८३, मंसिर ७ गते

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

images
सीएनएन खबर
सोमवार, मंसिर ७ २०८३०३:३०
सीएनएन खबर
सोमवार, मंसिर ७ २०८३०३:३०
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार घटेको सेयर बजारमा सोमबार सामान्य सुधार देखिएको हो ।

    सोमबार सेयर बजार मापक नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ बिन्दुमा पुगेको छ गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार ७.३८ अंकले घटेर परिसूचक २६२१.२९ बिन्दु झरेको थियो ।

    आज नेप्से सूचक बढेको भएता पनि कारोबार रकम भने शुक्रबारको तुलनामा घटेको छ । गत हप्ताको शुक्रबार ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आज ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    आज कारोबारमा आएको आएको १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य बढेको छ । बाँकीको ९ उपसमूह घटेको छ । आज १६५ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने १०५ कम्पनीका लगानीकर्ताको सेयर मूल्य बढेको छ । १० कम्पनीको सेयर मूल्य भने यथावत रहेको छ ।

    आज सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य बढेको छ । यस कम्पनीको सेयर मूल्य १०.५८ प्रतिशत बढेको छ। आज कारोबारमा आएको भिजन लुम्बिनी उर्जा कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको सेयरमूल्य आज ८.३३ प्रतिशत घटेको हो ।

    आज सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंकको भएको छ । यस बैंकको १५ करोड ९३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको हो । यसैगरी, कारोबार सबैभन्दा धेरै हुने दोस्रो कम्पनीमा लक्ष्मी सनराइज बैंक परेको छ । यस बैंकको करिब १३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend