२०८३, आश्विन २० गते

images
  • समाचार
  • भन्सार एजेन्ट महासंघ र सरकारबीच सहमति,...

भन्सार एजेन्ट महासंघ र सरकारबीच सहमति, भन्सार जाँच-पास कार्य सुरू

भन्सार एजेन्ट महासंघ र सरकारबीच सहमति, भन्सार जाँच-पास कार्य सुरू

बुधवार, मंसिर २४ २०८२०१:१५
बुधवार, मंसिर २४ २०८२०१:१५
  • images

    काठमाडौँ । भन्सार ऐन २०६२ का कतिपय प्रावधानले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक प्रभाव पारेको भन्दै भन्सार एजेन्ट महासंघ नेपालले मंसिर २३ गते देशभरका भन्सार कार्यालयहरूमा पेन डाउन र विरोध कार्यक्रम सञ्चालन गरेको थियो।

    तर भन्सार विभागसँगको छलफलपछि महासंघका माग सकारात्मक रूपमा सम्बोधन भएको भन्दै पेन डाउन कार्यक्रम स्थगित गरिएको छ। भन्सार विभागले व्यवस्थापन सुधार गर्ने र कार्यालयबाट सम्बोधन हुने प्रकृतिका मागहरू क्रमशः लागू गर्ने निर्णय पनि गरेको छ।

    भन्सार एजेन्ट महासंघका अध्यक्ष प्राचिन कुमार वैबले प्रेस विज्ञप्ति मार्फत प्रत्यक्ष(अप्रत्यक्ष रूपमा ऐक्यबद्धता जनाई सहयोग गर्ने सम्पूर्ण उद्योगी, व्यवसायीक संघ संस्था तथा महासंघमा आवद्ध भन्सार एजेन्टहरू प्रति आभार व्यक्त गरेका छन्।

    भन्सार विभागका अनुसार, नियमावलीमा सम्बोधन गर्नुपर्ने उपयुक्त मागहरू अर्थ मन्त्रालयमा पनि जानकारी गराइनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend