२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण...

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुँदै

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुँदै

सोमवार, आश्विन १९ २०८३०४:०८
सोमवार, आश्विन १९ २०८३०४:०८
  • images

    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ आफ्नो कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणका रूपमा भारत जाने भएका छन् । उनी बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन भारत जान लागेका हुन् ।

    गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री गुरुङ असोज २६ गते (अक्टोबर १२) भारत प्रस्थान गर्ने तयारीमा छन् । यो भ्रमण उनको गृहमन्त्रीका रूपमा पहिलो विदेश भ्रमण हुनेछ ।

    भारतमा आयोजना हुने बिमस्टेक बैठकमा सदस्य राष्ट्रका गृहमन्त्रीहरूको सहभागिता रहनेछ । बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन् ।

    बैठकमा बिमस्टेक सदस्य राष्ट्रबीचको सुरक्षा तथा आपसी सहयोगका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । गृहमन्त्री गुरुङले बैठकमा नेपालको तर्फबाट सहभागिता जनाउँदै क्षेत्रीय सहकार्यका विषयमा नेपालको धारणा राख्नेछन् ।

    गृहमन्त्रीको पहिलो विदेश भ्रमण भएकाले भारत भ्रमणलाई कूटनीतिक तथा क्षेत्रीय सहकार्यका दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend