२०८३, आश्विन १९ गते

images

सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से २५६६ अंकमा झर्‍यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से २५६६ अंकमा झर्‍यो

सोमवार, आश्विन १९ २०८३०३:४९
सोमवार, आश्विन १९ २०८३०३:४९
  • images

    काठमाडौँ । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक दोहोरो अंकले राताम्मे भएको छ । साताको पहिलो सेयर कारोबार दिन बजार २०.२८ अंकले घटेर परिसूचक २५६६.७६ बिन्दु कायम भएको छ ।

    ३५९ कम्पनीको ९० लाख ३ हजार ३८८ कित्ता सेयर ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ । कारोबारमा २४२ कम्पनीको सेयर मूल्य घटेको भने ३२ कम्पनीको मूल्य मात्रै बढेको छ ।

    कारोबारमा ट्रेडिङ बाहेक सबै समूहको उपसूचक राताम्मे भएका छन् । कारोबार रकमका आधारमा आज पहिलो स्थानमा घलेम्दी हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २२ करोड ८६ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ ।

    यस्तै हाथवे इन्भेष्टमेन्टको ८ करोड ४९ लाख १ हजार र शिवम सिमेन्ट कम्पनीको सेयर ८ करोड ४३ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend