२०८३, आश्विन १९ गते

images
  • अटो
  • नक्सालमा एमटी बाइकको टेस्ट राइड, यस्तो...

नक्सालमा एमटी बाइकको टेस्ट राइड, यस्तो छ फिचर

नक्सालमा एमटी बाइकको टेस्ट राइड, यस्तो छ फिचर

शनिवार, भाद्र २२ २०८१०८:३३
शनिवार, भाद्र २२ २०८१०८:३३
  • images

    काठमाडौँ । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले पछिल्लो मोडल ४५० एमटीको टेस्ट राइड इभेन्ट आयोजना गर्ने भएको छ । कम्पनीले शनिबार विहान ११ बजे पछि नक्सालस्थित सीएफमोटो शोरुममा सो इभेन्ट आयोजना गर्न लागेको हो ।

    भर्सटाइल एड्भेन्चर टुरर सीएफमोटो ४५० एमटीले यसको अद्वितीय पर्फमेन्स र यसमा भएका एड्भान्स्ड फिचरका कारण नाडा अटो शोमा धेरैको ध्यान खिचेको थियो । ४५० एमटीका साथमा सीएफमोटोको अर्को लोकप्रिय मोडल २५० एनके समेत टेस्ट राइडका लागि उपलब्ध हुनेछ । 

    सम्भावित ग्राहकहरुको सहजताका लागि अन द स्पट फाइनान्स सुविधा र अन द स्पट भ्यालुएसन सुविधा समेत उपलब्ध हुनेछ । यसबाट पुराना कुनै पनि मोडलका बाइकसँग सीएफमोटो बाइक साट्न सहज हुनेछ । 

    सीएफमोटो २५० एनके सिटी राइडका लागि उपयुक्त छ । यसमा २४९.५ सीसीको सिंगल सिलिन्डर इन्जिन छ, जसले २०.५ किलोवाट पावर र २२ एनएम टर्क जेनेरेट गर्छ । १५८ किलोग्राम मात्र तौल भए तापनि यो बाइकमा स्लिपर क्लचका साथै सुरक्षाका लागि ड्युअल च्यानल एबीएस, सहज सूचनाका लागि एलसीडी डिस्प्ले र लामो दुरीको यात्राका लागि १२.५ लिटरको इन्धन ट्यांकी उपलब्ध छ । यसमा भएको १५० एमएम ग्राउन्ड क्लियरेन्सका कारण विभिन्न प्रकारको सडक यात्राका लागि उपयुक्त छ । 

    इभेन्टको मुख्य आकर्षण सीएफमोटो ४५० एमटीमा ४४९.५ सीसी ट्विन सिलिन्डर इन्जिन छ, जसले ४४ पीएस पावर र ४४ एनएम टर्क जेनेरेट गर्छ । १७५ किलोग्राम तौल भएको सो एड्भेन्चर टुरर बाइक हलुका र छरितो छ । परिस्कृत स्थिरताको लागि यसमा रियर स्विचेबल बोसको ड्युअल च्यानल एबीएस तथा बोसकै ट्रयाक्सन कन्ट्रोल सिस्टम (टीसीएस) छ । 

    यसमा भएको कर्भ्ड टीएफटी कलर डिस्प्लेले बाइकमा मोडर्न टच थपेको छ भने १७.५ लिटरको इन्धन ट्यांकीले लामो दुरीको यात्रामा पटक पटक इन्धन भर्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ । त्यसैगरी यसमा भएको २१ इन्च र १८ इन्चको ट्युबलेस टायर सहितको अलोय ह्विलले एड्भेन्चरका लागि उपयुक्त मोडलको पहिचान कायम गरेको छ भने र मेटल तथा रबर अफरोड पेडलले जुनसुकै टेरेन्सका लागि पनि यसलाई उपयुक्त बनाएको छ । 

    सीएफमोटोका विभिन्न आकर्षणहरु प्रत्यक्ष अनुभव गर्ने अवसर नछुटाउन सीएफमोटो नेपालले अनुरोध गरेको छ । एड्भेन्चर रुचाउने उत्साही वा सिटी राइडर जे भए पनि उच्च स्तरीय पर्फमेन्स र स्टाइल उपलब्ध गराउने उद्देश्यका साथ यी मोडल डिजाइन गरिएको समेत कम्पनीको भनाइ छ ।

    cf moto.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend