२०८३, आश्विन २० गते

images
  • समाचार
  • बन्द हायात रिजेन्सीले एक वर्षसम्म कर्मचारीलाई...

बन्द हायात रिजेन्सीले एक वर्षसम्म कर्मचारीलाई न्यूनतम तलब उपलब्ध गराउने

बन्द हायात रिजेन्सीले एक वर्षसम्म कर्मचारीलाई न्यूनतम तलब उपलब्ध गराउने

बिहिवार, मंसिर २५ २०८२११:४३
बिहिवार, मंसिर २५ २०८२११:४३
  • images

    काठमाडौँ। बौद्धस्थित हायात रिजेन्सी होटल र त्यहाँ कार्यरत कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर न्यूनतम तलब प्रदान गर्ने सहमति भएको छ। ‘जेनजी’ आन्दोलनका क्रममा २४ भदौमा होटलमा तोडफोड, आगजनी र लुटपाट भएको भनी सार्वजनिक भएको घटनापछि होटल हाल पूर्णरूपमा बन्द रहेको छ।

    होटल व्यवस्थापनका अनुसार दंगलको घटनाले होटलको संरचना र सम्पत्तिमा ठूलो आर्थिक तथा भौतिक क्षति पुगेकाले पूर्णरूपमा मर्मत–सम्भार नगरी सञ्चालन असम्भव भएको बताइएको छ। पुनर्निर्माण तथा सुधार कार्य पूरा गर्न कम्तीमा एक वर्ष लाग्ने अनुमान गरिएको छ।

    यसबीचमा कर्मचारीको रोजगारी तथा आजीविकामाथि असर नपरोस् भन्ने उद्देश्यले व्यवस्थापन र कर्मचारी प्रतिनिधिबीच छलफल गरी एक वर्षसम्म नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउने सहमति जुटाइएको होटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। साथै सामाजिक सुरक्षा कोषमा पनि नियमित योगदान जारी रहनेछ।

    मर्मत–सम्भार सम्पन्न भएपछि सहमतिमा रहेका कर्मचारीलाई पुनः उनीहरूकै पदमा पुनर्बहाली गरिने होटलले जनाएको छ। व्यवस्थापनका अनुसार अधिकांश कर्मचारी सहमतिमा सकारात्मक छन्। तर, सहमति नगर्ने कर्मचारीमा भने श्रमिक कटौतीको प्रक्रिया लागू गरिने चेतावनी होटलले दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend