काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना विरुद्द भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
आयोगले बिहीबार विशेष अदालतमा कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सवइन्जिनियर जय कुँवर, असिस्टेन्ट सव इन्जिनियर तेज बहादुर सुनार र जग्गाधनी शान्ती नाथ विरुद्द मुद्धा दायर गरेको हो ।
उनीहरु माथि घरनै भनएको जग्गामा घर छ भनि नक्सा तयारी गरी घरजग्गा धितोमा राखी लक्ष्मी सनराईज बैंकबाट ऋण लिएको आरोप लगाईएको छ । प्रमुख प्रशासकीय अधिकृतको मिलोमोतोमा उक्त कार्य भएको भन्दै उनीहरु विरुद्ध
जग्गाधनी नाथले उक्त भुठा विवरण पेश गरेर लक्ष्मी सनराईज बैंकबाट ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएको आरोपपत्रमा उल्लेख छ ।

