२०८३, आश्विन २१ गते

images

रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से परिसूचक २७ सयमा सीमित

रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से परिसूचक २७ सयमा सीमित

आइतवार, भाद्र २३ २०८१०३:३८
आइतवार, भाद्र २३ २०८१०३:३८
  • images

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक २५ अंकले घटेको छ। २७३२ बिन्दुबाट सुरु भएको कारोबार आज उच्च अंक २७७० सम्म पुगेको थियो। त्यसपछि उतारचढाव हुँदै २७०१.९० बिन्दुमा आएर कारोबार बन्द भएको छ। आज १५७ कम्पनीको सेयर मूल्य घटेको छ। ८५ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीको मूल्य स्थिर रह्यो।

    आइतबार ३२८ कम्पनीको २ करोड २२ लाख कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब १२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज माहुली लघुवित्त, सिर्जनशील लघुवित्त र मिड सोलु हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

    आज कारोबार रकमका हिसाबले सीईडीबी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो। यसको सबैभन्दा धेरै ४२ करोड १९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

    आइतबार लघुवित्त उपसमूहको सूचक १.२१ प्रतिशत, उत्पादनको ०.५० र सामूहिक लगानी कोष उपसमूहको सूचक ०.२२ प्रतिशतले बढेको छ। बाँकी सबै उपसमूहको सूचक घटेको छ

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend