२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • पोखरा विमानस्थल निर्माण प्रकरणः आयोजना प्रमुख...

पोखरा विमानस्थल निर्माण प्रकरणः आयोजना प्रमुख मुनाकर्मी र श्रीमती विरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा विमानस्थल निर्माण प्रकरणः आयोजना प्रमुख मुनाकर्मी र श्रीमती विरुद्ध भ्रष्टाचार मुद्दा

मंगलवार, पौष १ २०८२०३:५०
मंगलवार, पौष १ २०८२०३:५०
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा पेश गरेको छ ।

    अख्तियारले मंगलबार विशष अदालतमा उनी र उनको श्रीमती पूर्ण केशरी गोसाइ विरुद्ध समेत मुद्दा दायर गरेको हो । 

    मुनाकर्मीले २०५४ सालदेखि सरकारी सेवामा प्रवेश गरेको प्रमाणलाई आधार बनाउँदा उनले हालसम्म ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ आर्जन गरेको उल्लेख छ । उनले उक्त अबधिमा ६ करोड २४ लाख १५ हजारभन्दा बढी रुपैयाँ खर्च गरेका थिए ।  उनले आफ्नो आम्दानीभन्दा बढी खर्च भएको २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ मागदाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो । 

    मुनाकर्मी विरुद्ध २ करोड ५० लाख ३४ हजार ५ सय रुपैयाँ मागदाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो । यस्तै, उनले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरुबाट श्रीमतिको नाममा खरिद गरिएका साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को अन्तरगत जफत गर्ने प्रयोजनार्थ मात्र उसको श्रीमतिलाई प्रतिवादी कायम गरिएको आरोपपत्रमा उल्लेख छ । 

    उनीमाथि गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोप छ । 

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend