२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • सप्तरीका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जना...

सप्तरीका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा

सप्तरीका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा

आइतवार, भाद्र २३ २०८१०९:५२
आइतवार, भाद्र २३ २०८१०९:५२
  • images

    काठमाडौं । सप्तरीका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ । तिरहुत गाउँपालिका वडा नं. १ देखि वडा नं. ५ सम्म सोलार बत्ती जडान गर्ने योजनामा वास्तविकताभन्दा बढी खर्च देखाएको भन्दै उनीहरू विरुद्ध मुद्दा दायर गरिएको हो ।

    मुद्दा पर्नेमा सप्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम नारायण साह, इन्जिनियर उग्रानन्द पाठक र सब–इन्जिनियर जागेश्वर मण्डल, तत्कालीन गाउँपालिका उपाध्यक्ष, योजना अनुगमन समितिको संयोजक लगायत सदस्यहरू रहेका छन् ।

    त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष रहेका छन् । उनीहरूले आ.व. २०७४/०७५ मा तिरहुत गाउँपालिकाको वडा नं. १ देखि ५ सम्म सोलार बत्ती खरिद तथा जडान कार्यमा कम काम गरी बढी काम गरेको देखाउँदै ६ लाख ४५ हजार ६६५ रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारले जनाएको छ ।

    उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय (ग) र (ङ) साथै, दफा ८ को उपदफा ४ बमोजिमको कसुरमा बिगो ६ लाख ४५ हजार ६६५ रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend