२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • प्रमुख प्रशासकीय अधिकृत सहित ६ जना...

प्रमुख प्रशासकीय अधिकृत सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बुधवार, पौष २ २०८२०३:४०
बुधवार, पौष २ २०८२०३:४०
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    आयोगले बुधबार बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, सबइन्जिनियर गणेश राज उपाध्याय, लेखापाल हर्क देव जोशी, बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बहादुर बोहरा, सचिव विर बहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारी विरुद्ध मुद्दा दायर गरेको हो । 

    अख्तियारले १४ लाख ६६ हजार बढी मागदाबी गर्दै मुद्धा दायर गरेको हो । उनीहरु विरुद्ध खेल मैदान निर्माणमा कमसल निर्माण सामग्री प्रयोग गरेको, डिपीआर नगरी निर्माण गरेको लगायतका आरोप छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend