२०८३, आश्विन २१ गते

images

अब ग्राहकले रेष्टुरेन्ट तथा बारमा बुझाएको भ्याटको १० प्रतिशत फिर्ता पाउने

अब ग्राहकले रेष्टुरेन्ट तथा बारमा बुझाएको भ्याटको १० प्रतिशत फिर्ता पाउने

सोमवार, भाद्र २४ २०८१०९:०४
सोमवार, भाद्र २४ २०८१०९:०४
  • images

    काठमाडौँ । अब ग्राहकले रेष्टुरेन्ट तथा वारमा तिरेको १३ प्रतिशत भ्याटमध्ये १० प्रतिशत भ्याट रकम फिर्ता पाउने भएका छन् । आन्तरिक राजश्व विभागले भदौ २१ गते एक निर्णय गर्दै विभिन्न ३ स्थानमा ग्राहकले अनलाईन माध्यम मार्फत गरेको भुक्तानीमा भ्याटको १० प्रतिशत फिर्ता पाउने गरी निर्णय गरेको हो । 

    विभागको उक्त निर्णयबाट अब ग्राहकले मदिरा पिउने केन्द्र (बार), चमेनागृह (रेष्टुरेन्ट) र सबै प्रकारका होटल, मोटल, लज, गेष्टहाउस व्यवसायबाट प्रदान गरिने सेवामा बुझाएको भ्याटको १० प्रतिशत फिर्ता पाउने भएका हुन् । 

    विभागको उक्त निर्णय सँगै अब होटल तथा बारका सञ्चालकले कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय माध्याम (अनलाइन) बाट गर्दा १० प्रतिशत रकम फिर्ता दिनुपर्ने भएको हो । 

    विभागले निर्धारण गरेका वस्तु तथा सेवा खरिदको मूल्य विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्न विभागले निर्देश दिएको हो ।

    ‘कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरि निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गर्नुपर्नेछ, मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) मा व्यवस्था उल्लेख छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ ।

    IRD-Notice-.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend