२०८३, आश्विन २१ गते

images

पेट्रोलियम पदार्थको खपत कम गर्न इथानोल प्रयोगमा जोड दिनुपर्छः कार्यकारी निर्देशक डा. भट्ट

पेट्रोलियम पदार्थको खपत कम गर्न इथानोल प्रयोगमा जोड दिनुपर्छः कार्यकारी निर्देशक डा. भट्ट

सीएनएन खबर
सोमवार, भाद्र २४ २०८११०:५५
सीएनएन खबर
सोमवार, भाद्र २४ २०८११०:५५
  • images

    काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको पेट्रोलमा इथालोन मिश्रण सम्बन्धी छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

    पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बनेपनि विविध कारणले बिलम्ब हुन गएकोमा पछिल्लो समय सरकारले यो कार्यान्वयनमा लैजाने पहल गरिसकेको उनले बताए । इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि बनाउनु पर्ने रहेकोमा उद्योग विभागले सो सम्बन्धी कार्यविधिका लागि स्वीकृति दिइसकेको उनले बताए । 

    ‘अब केहीँ समयमा नै इथानोल उत्पादनमा जान्छ । यो कुनै रकेट साइनस होइन’ उनले भने, ‘इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्छ ।’ 

    इथानोल उत्पादनमा धेरै उद्योगहरु तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने उनले भने । तर, वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उनले बताए । 

    सन् २०२० मा नै पेट्रोलियम पदार्थको खपत हराएर जाने भनिएपनि अझैं ठूलो माग रहेको उल्लेख गर्दै भट्टले यो अझैं अगाडि जाने र पेट्रोलियम पदार्थको खपत कम गर्न इथानोल प्रयोगमा जोड दिनुपर्ने उनले बताए । 

    अझ नेपाल जस्तो पेट्रोलियम पदार्थको उत्पादन नहुँने देशले त इथानोलको उत्पादन र मिश्रणमा जोड दिनुपर्ने उनले धारणा राखे । ‘राज्य नीति बनाइ सकेको छ, इथानोल मिश्रणको निर्णय गरिसकेको छ, हामी उत्पादनमा जान्छौं’ उनले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend