२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • फेदीखोलाको पाचौँ कृषि मेला प्रदर्शनी सम्पन्न,...

फेदीखोलाको पाचौँ कृषि मेला प्रदर्शनी सम्पन्न, को को भए पुरस्कीत ?

फेदीखोलाको पाचौँ कृषि मेला प्रदर्शनी सम्पन्न, को को भए पुरस्कीत ?

आइतवार, पौष ६ २०८२११:४३
आइतवार, पौष ६ २०८२११:४३
  • images

    काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले पाचौँ कृषि मेला प्रदर्शनी सम्पन्न गरेको छ । 

    ‘कृषि व्यवसायिकरणमा हाम्रो अभियान कृषकहरुलाई उत्पेरणा पुरस्कार र प्रोत्साहन’ भन्ने नाराका साथ पालिकाले शुक्रबार पालिकाको वडा नम्बर २ स्थि फेदीखोला रंगशालामा विभिन्न १७ वटा विद्यालाई लक्षित गरी सो प्रदशी सम्पन्न गरेको हो । 

    सो प्रदर्शनी कार्यक्रम फेदीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोख्रेलको अध्यक्षतामा प्रमुख अतिथि फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीज्यू, विशिष्ट अथिति गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङज्यू, सम्पुर्ण वडाअध्यक्षहरु, कार्यपालिका सदस्यज्यूहरु, जनप्रतिनिधिज्यूहरु, कृषि ज्ञान केन्द्रका नारायण प्रसाद पाठक, माटो तथा मल परिक्षण प्रयोगशाला गण्डकी प्रदेशका प्रमुख सुनिल पाण्डे, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रतिनिधि नरेन्द्र कुमार राई, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु लगायत कृषिसँग सम्बन्धित सरोकारवालाहरुको वाक्लो उपस्थिति भएको थियो । 

    phedikhola.jpgसो प्रदर्शनी कार्यक्रममा फर्म, कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थलगत फर्म अन्तरगत गाउँपालिका क्षेत्रभित्रका २६ वटा फर्महरुलाई स्थलगत अवलोकन गरी उक्त फर्महरुमार्फत ५ विद्यामा २५ जना कृषकहरुलाई पुरस्कृत सहित सम्मान गरिएको थियो । साथै प्रदर्शनी मेलामा २९३ संख्यात्मक कृषि तथा पशुपन्छी प्रतियोगि नमूनाहरु खुल्ला प्रतिस्पर्धा अन्तरगत उत्कृष्ट प्रर्दर्शनी नमुनालाई पुरस्कृत गरी जम्मा ८५ जना कृषकहरुलाई पुरस्कृत गरिएको थियो । 

    साथै फेदीखोला गाउँपालिका, स्याङ्जाले पकेट क्षेत्र निर्धारण, विकास एवम् विस्तार,कृषक एवम् कृषक समुहलाई सहायता,उत्पादनमा आधारित अनुदान, न्युनतम सर्मथन मुल्यबाँझो जग्गामा खेती गर्न प्रोत्साहन अनुदान, कृषि उपज संकलन केन्द्र, कृषि सहकारी, कृषि एम्बुलेन्सको व्यवस्थापन, संचालन, गाउँपालिका मौरी पालन केन्द्रको हब को रुपमा विकास, युवा उद्यम कार्यक्रम, किसान सूचीकरण, हल गोरुमा प्रोत्साहन अनुदान, कृषि एम्बुलेन्स जस्ता देशका नमूना कार्यक्रमहरु सञ्चालन गरी गाउँपालिकाले अनुकरणिय अभ्यास गरिरहेको छ ।

    साथै उक्त कार्यक्रममा निशुल्क वाली उपचार शिविर, निशुल्क माटो परिक्षणका साथै अन्य विविध विषयमा छलफल भएको थियो । फेदीखोला गाउँपालिकाको स्थानीय पाठ्यक्रममा पठनपाठन हुने कृषि उत्पादनको विद्यालयका विद्यार्थीहरुले उत्साहित रुपमा प्रत्यक्ष अवलोकन गरेका थिए । 

    गाउँपालिकाले प्रत्येक आर्थिक वर्षहरुमा कृषि व्यवसायिकरणमा हाम्रो अभियान, कृषकहरुलाई उत्पेरणा, पुरस्कार र प्रोत्साहन भन्ने मुल नारा सहित कार्यक्रम सन्चालन गरिदै आईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend