२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • पालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित...

पालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

पालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

आइतवार, पौष ६ २०८२०५:४५
आइतवार, पौष ६ २०८२०५:४५
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बलानबिहुल गाउँपालिकाका तत्कालीन अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सहित ५ जना विरुद्द भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  

    आयोगले आइतबार विशेष अदालतमा पालिकाका अध्यक्ष दयानन्द गोइत, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहम्मद नसीम राइन, लेखापाल कमलेशकुमार सहा, तत्कालीन सब इन्जिनियर सन्तोषकुमार रजक र ओम गणेशाय कन्स्ट्रक्सन प्रालि तथा त्यसका म्यानेजिङ डाइरेक्टर राजीवकुमार साहविरुद्ध मुद्दा दायरा गरिएको हो ।

    विद्यालय भवन निर्माणको ठेक्का छनोट गर्दा अनुभव नपुगेका कम्पनीलाई मिलेमतोमा छनोट गरिएको दाबीसहित आयोगले मुद्दा दायर गरेको हो ।

    विद्यालय भवन निर्माण कार्यको ठेक्का प्रक्रियामा प्रचलित कानूनको बर्खिलाप हुनेगरी बदनियत राखी बोलपत्रमा उल्लेख गरिएको कार्य अनुभव नपुगेको बोलपत्र आपसी मिलेमतोमा स्वीकृत गरी भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका​ सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।​ 

    उनीहरू सबै जनाविरुद्ध ८ करोड ९८ लाख २१ हजार ४९६ रूपैयाँ बिगो कायम गरिएको आयोगका सहायक प्रवक्ता अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend