२०८३, आश्विन २० गते

images

निर्वाचन तयारीबारे सिंहदरबारमा आज सर्वपक्षीय छलफल

निर्वाचन तयारीबारे सिंहदरबारमा आज सर्वपक्षीय छलफल

सोमवार, पौष ७ २०८२१०:२९
सोमवार, पौष ७ २०८२१०:२९
  • images

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन तयारीको विषयमा आज सिंहदरबारमा सर्वपक्षीय छलफल गर्दैछ। छलफलमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयुक्त, सुरक्षा निकायका प्रमुख तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

    दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुने बैठकमा निर्वाचनको हालसम्मको तयारी, उपलब्धि र आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुने स्रोतले जनाएको छ।

    स्रोतका अनुसार आयोगले निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले राजनीतिक दलहरूको धारणा बुझ्न र आवश्यक सुझाव संकलन गर्न यो छलफल आयोजना गरेको हो।

    निर्वाचन आयोगले पछिल्लो समय निर्वाचन तयारीसँग सम्बन्धित विभिन्न पक्षमा काम तीव्र बनाएको छ। आजको छलफललाई आगामी निर्वाचन प्रक्रिया सहज, सुरक्षित र विश्वासयोग्य बनाउन महत्वपूर्ण मानिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend