२०८३, आश्विन २० गते

images
  • समाचार
  • विराटनगरका क्यासिनोमा प्रहरीको छापाः जुवा खेल्दै...

विराटनगरका क्यासिनोमा प्रहरीको छापाः जुवा खेल्दै गरेका २० नेपाली नियन्त्रणमा

विराटनगरका क्यासिनोमा प्रहरीको छापाः जुवा खेल्दै गरेका २० नेपाली नियन्त्रणमा

सोमवार, पौष ७ २०८२१०:३८
सोमवार, पौष ७ २०८२१०:३८
  • images

    काठमाडौँ । प्रहरीले विराटनगरमा सञ्चालनमा रहेको क्यासिनोमा आइतबार राति छापा मारेको छ । विराटनगरमा रहेको गोल्डेन कोइन क्यासिनो र च्याम्पियन जोन क्यासिनोमा प्रहरीले छापा मार्दा २० जना पक्राउ परेका छन् ।

    छापा मार्दा गोल्डेन कोइन क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना र च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

    प्रहरीले छापा मार्दा क्यासिनोमा नेपाली भेटिएकाले पक्राउ गरिएको कटवालले बताए । 

    पक्राउ परेका अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । ‘क्यासिनोमा छापा हानेर पक्राउ गरेकाहरूमाथि ‘स्कृनिङ’ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । कटवालले भने, ‘केहीले ‘हामी कर्मचारी हौँ’ भनेका छन् । कर्मचारी भन्नेहरूको परिचयपत्र खोज्दैछौँ । ‘स्कृनिङ’ गरिसकेपछि मात्रै कति जनाविरुद्ध मुद्दा चल्छ भन्ने यकिन हुन्छ ।’

    प्रवेश निषेध रहेको क्यासिनोमा नेपाली छिरेर निर्बाध जुवाजन्य खेल खेल्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले छापा हानेको जानकारी एसपी कटवालले दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend