काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमस मा ३ दिन बिदाको घोषणा गरेको छ । पालिकाले शुक्रबार एक सूचना जारी गर्दै पुसको १०, ११ र १२ दिन क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिईएको जनाएको हो ।
‘इर्सा धर्मावलम्बीहरुले रहेक वर्षको डिसेम्बर २५ का दिन मनाउने ख्रिष्टमसको उपलक्ष्यमा स्वेदश तथा विदेशमा रहनुभएक सम्पूर्ण इसाई धर्मावम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा सुस्वास्थ्य, दीघायू, खुस, शान्ति, सम्बद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्ति गर्दछौँ’, सूचनामा भनिएको छ, ‘यसै अवसरमा गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेकोले पालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय तथा शिक्षण संस्थाहरु बन्द रहेनछन् ।’

