काठमाडौँ । सरकारले स्थानीय तहको बाँकी वित्तीय समानीकरण अनुदानवापतको रकम पठाउने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी सो रकम पठाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्री शर्माका अनुसार अहिले ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकोमध्ये ९३ प्रतिशत हुनेगरी १६ अर्ब ७९ करोड २२ लाख रुपैयाँ तत्काल हस्तान्तरण गर्ने निर्णय भएको हो ।
सरकारले वित्तीय समानीकरण अनुदानको रकम कटौती गरेपछि स्थानीय तहका जनप्रतिनिधिहरुले विरोध गर्दै आएका छन् । उनीहरुले अर्थमन्त्री वर्षमान पुनलाई भेटेर अनुदान तत्काल निकाश गर्नुपर्ने माग गरेका थिए ।
सरकारले आश्वासन दिएपनि अनुदान फिर्ता नगरेको भन्दै उनीहरुले असार १३ गतेदेखि सिंहदरबार घेराउको कार्यक्तम घोषणा गरिसकेका थिए ।

