२०८३, आश्विन २० गते

images
  • समाचार
  • सुशीला कार्की नेतृत्वको सरकार भंग गर्न...

सुशीला कार्की नेतृत्वको सरकार भंग गर्न माग गर्दै विप्लवको राष्ट्रपतिलाई ज्ञापनपत्र

सुशीला कार्की नेतृत्वको सरकार भंग गर्न माग गर्दै विप्लवको राष्ट्रपतिलाई ज्ञापनपत्र

बुधवार, पौष ९ २०८२०५:०४
बुधवार, पौष ९ २०८२०५:०४
  • images

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सुशीला कार्की नेतृत्वको सरकार भंग गरी नयाँ सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न माग गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ।

    बुधबार राष्ट्रपतिलाई बुझाइएको १३ बुँदे ज्ञापनपत्रमा जेनजी आन्दोलनको भावना अनुरूप राजनीतिक निकास खोज्नुपर्ने उल्लेख गरिएको छ। ज्ञापनपत्रको पहिलो बुँदामै वर्तमान अन्तरिम सरकार भंग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न माग गरिएको छ।

    विप्लव समूहले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा दोषीलाई कडा कारबाही गर्न, भदौ २३–२४ गते भएका गोलीकाण्ड, आगजनी तथा विध्वंसका घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरेको छ।

    त्यस्तै, भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय नागरिक आयोग गठन गर्न, संविधान संशोधन तथा पुनर्लेखन गर्न, समाजवादी सङ्घीय ढाँचामा राज्यको पुनर्संरचना गर्नुपर्ने माग ज्ञापनपत्रमा समावेश छ। कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचनमार्फत चयन गर्नुपर्ने, वास्तविक सुकुमवासीलाई जग्गा उपलब्ध गराउन भूमि आयोग गठन गर्नुपर्ने लगायतका विषय पनि उठाइएका छन्।

    विप्लवले भ्रष्टाचारमा संलग्नको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने, कालोधन नियन्त्रणका लागि ५ सय र १ हजारका नोट खारेज गरी नयाँ नोट प्रचलनमा ल्याउनुपर्ने माग पनि गरेका छन्। साथै, देशको स्वाधीनता र सार्वभौमिकतामाथि हुने विदेशी हस्तक्षेप रोक्न र मौलिक जनसंस्कृतिको संरक्षण गर्न आग्रह गरिएको छ।

    biplav-1_hSzyOj2DQE.jpgbiplav-2_MwHM7YTrQ1.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend