२०८३, आश्विन २१ गते

images

मेलम्ची भ्रष्टाचार मुद्दामा ४ जना दोषी ठहर

मेलम्ची भ्रष्टाचार मुद्दामा ४ जना दोषी ठहर

सोमवार, भाद्र २४ २०८११०:०८
सोमवार, भाद्र २४ २०८११०:०८
  • images

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जना दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर गरेको हो। 

    विशेष अदालतले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ पैसा बिगो माग गरेको छ भने देवकोटा शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो माग गरेको छ। यस्तै इप्टिसा र बेट्ससँग ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो माग गरेको छ।

    यस्तै, इटालियन निर्माण कम्पनी सीएमसी भ्रष्टाचारको मतियारमा दोषी ठहर भएको छ। विशेष अदालतले उनीहरुमाथि सजाय र जरिवानाका लागि अर्को पेशी तोक्नु भनी आदेश दिएको छ।

    यो विशेष अदालतले अन्य १० जनालाई सफाइ दिएको छ।  २०८० फागुन ६ गते मेलेम्चीमा भ्रष्टाचार भएको भन्दै तीन पूर्वसचिव सहित १५ जनालाई विपक्षी बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। सफाइ पाउनेमा मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र मुकुन्द प्रसाद पौडेललगायत छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend