२०८३, आश्विन २१ गते

images

पेट्रोलमा इथानोल मिश्रणः २० वर्ष लगाएर तात्यो निगम, सम्भव होला त १ महिनामै मूल्य निर्धारण ?

पेट्रोलमा इथानोल मिश्रणः २० वर्ष लगाएर तात्यो निगम, सम्भव होला त १ महिनामै मूल्य निर्धारण ?

सीएनएन खबर
मंगलवार, भाद्र २५ २०८१०८:२७
सीएनएन खबर
मंगलवार, भाद्र २५ २०८१०८:२७
  • images

    काठमाडौँ । नेपाल आयल निगम २० वर्षपछि पेट्रोलमा इथानो मिश्रणको तयारीमा जुटेको छ । सरकारले २०६० सालमा नै आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेको थियो । 

    ६० सालको मंसिर २९ गतेको नेपाल राजपत्र खण्ड ५३ को संख्या ३५ मा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो । त्यसयता बनेका मिश्रणसम्मधी बनेका स्वदेशी तथा विदेशी अध्ययन तथा सिफारिसले पनि सोही नितिलाई अघि सारेको सरकारी तथ्यांकले देखाउँछ् । 

    पेट्रोलमा इथानोल सम्बन्धी एक छलफलमा नेपाल आयल निगमका कार्यकारी प्रमुख डा चण्डीका प्रसाद भट्टले निगम इथानोल मिश्रणको तयारीमा रहेको बताए । 

    उनले निजी क्षेत्रलाई इथानोल उत्पादनमा लगानी गर्न प्रोत्साहन गरे । ‘कार्यविधि, नियमावली अन्तिम चरणमा पुगेको छ । लगानी खेर नजाने गरी सरकारले उद्योग सुरु गर्न स्वीकृत दिइसकेको अवस्था रहेकाले ढुक्क भएर इथानोल उत्पादनमा अघि बढ्न निजी क्षेत्रलाई मेरो आग्रह छ’, उनले भने ।  

    dr chandika bhatta.jpg

    राज्यले गरेको निर्णयको परिपालना गर्ने आयल निगमको जिम्मेवारी रहेको भन्दै उनले प्राविधिक समस्यामा निजी क्षेत्रलाईसँगै साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्ति गरे । 

    नेपालमा विशेषगरी पेट्रोलमा मिश्रण गर्नुपर्ने इथानोल ९९.५ प्रतिशत गुणस्तरको रहेको र निजी क्षेत्रबाट इथानोल सोही गुणस्तरको खरिद गर्न पाएको खण्डमा ३ महिनाभित्र प्रयोगमा ल्याईने उनले दाबी गरे । 
    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले १ महिनाभित्रै पेट्रोलियम पदार्थमा इथानोल मिश्रको मूल्य निर्धारण गरिने बताए । 

    उनले सरकारले आवश्यक तयारी पूरा गरेको भन्दै मूल्य निर्धारण बाँकी रहेको बताए । ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि हामी एकमहिना भित्र टुंग्याउछौं’ मन्त्री भण्डारीले भने ।

    इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकोमा सरकारले यस सम्बन्धमा अघि बढ्न आयाल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको समेत उनले बताए । 

    damodhar bhandari.jpg

    २०६० सालमा नै इथानोल उत्पादन र प्रयोगमा नीति बनेपनि हालसम्म कार्यान्वयनमा जान सकेको छैन । तर, नेपालमा इथानोल उत्पादन र मिश्रण सम्भव रहेको जनाउँदै नेपाल आयाल निगमले आवश्यक तयारिका साथ उत्पादनमा जाने प्रतिवद्धता जनाएको छ ।

    केन्द्रीय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले नेपालले पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोललाई सहजै मिश्रण गर्न सकिने बताईन । भारत लगायतका धेरै देशले १० देखि २० प्रतिशतसम्म पेट्रोलियम पदार्थमा इथानोको मिश्रण गर्ने गरेको भन्दै उनले नेपालमा पनि लागु गर्नुपर्नेमा जोड दिईन । 

    उनका अनुसार भारत र चीनले समेत १५ देखि ३० प्रतिशतसम्म इथानोल प्रयोगलाई कार्यान्वयन गर्ने नीति बनाएका छन् । इथानोल मिश्रण अमेरिकामा १० प्रतिशत, ब्राजिलमा २७ प्रतिशत, भारतमा १५ प्रतिशत र चीनमा १० प्रतिशत कार्यान्वयनमा रहेको छ ।

    भारतले सन् २०३० सम्ममा इथानोलको प्रयोग कम्तीमा ३० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । जसका लागि भारत सरकारले इथानोल उत्पादन र ढुवानीका लागि निःशुल्क व्यवस्था गरेको समेत प्रयोगशाला प्रमुख महर्जनले  जानकारी दिइन् । नेपालले पनि वातावरणमैत्री इथानोल उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने उनको भनाइ छ ।

    २०६० सालमा नै नेपालले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेपनि यो बहसमा नै सीमित रहेको उनको भनाइ छ ।

    इथानोल कृषि, खाद्य, इन्धनदेखि स्वास्थ्य क्षेत्रसम्म प्रयोग गर्न मिल्ने हुनाले यसको भविष्य राम्रो रहेको डा भट्ट बताउँछन् । 

    जुन देशमा पेट्रोल नै छैन् झन त्यो देशले बढी प्रयोग गर्नुपर्ने भन्दै उनले २० देखि ३० वर्षसम्म नेपालबाट पेट्रोलको भविष्य नसकिने हुँदा व्यापारिक करणमा ठुलो स्थान रहेको बताए । 

    ‘नेपालले ८१ रुपैयाँमा पेट्रोल खरिद गर्छ । जसमध्ये प्रतिलिटरमै ६१ रुपैयाँ राज्यलाई कर तिर्छ । यद्यपी इथानोल नेपालभित्रै उत्पादन भएको खण्डमा यसको अधिकतम मूल्य ११० रुपैयाँभन्दा धेरै नपर्ने र सोझै ३२ रुपैयाँ घटी हुने हाम्रो अनुमान छ । मूल्य सस्तो हुँदा उपभोक्तालाई पेट्रोलको मूल्यमा राहत हुन्छ’, उनले भने ।

    नेपालमा २००८ सालदेखि २०२२ सालसम्म भित्रिएको सबै पेट्रोलका गाडीहरुमा १० प्रतिशत इथानोलको मिश्रण गर्दा इन्जिनलाई कुनै असर नगर्ने अटो मोबाइल्स विज्ञ मिलनबाबु श्रेष्ठ बताउँछन् । उनले २०२३ देखि भित्रिएका गाडीमा २० प्रतिशतसम्म इथानोल मिश्रण गरी चलाउन सकिने र इन्जिनलाई समेत असर नगर्ने हुँदा झन इथानोले प्रयोग प्रभावकारी रहेको बताए । 

    पेट्रोलको गुणस्तरसँग वा इथानोलो ९९.५ प्रतिशत गुणस्तरको नेपालमा उत्पादन भएको खण्डमा इथानोलले पेट्रोल खरिद गर्दा लागेको रकमलाई स्वदेशमा नै रोक्न सक्ने हुँदा दैनिक ४ लाख लिटर बराबरको पेट्रोलको मूल्य विदेशीनबाट रोकिने भट्ट बताउँछन् ।

    २० वर्षपछि निगम इथानो मिश्रणको तयारीमा जुट्दै गर्दै नेपालमा ग्रिन हाइड्रोजनबाट गाडी गुड्न थालिसकेको छ । यही भदौ १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै बनेको ग्रिन हाइड्रोजन कारमा गुड्र औपचारिक रुपमा उद्घाटन गरेका थिए । नेपाल आयल निगमको सहयोगमा काठमाडौं विश्वविद्यालयले हाइड्रोजन रिफ्युलिङ स्टेसन स्थापना र हाइड्रोजन गाडीको सफल परीक्षणपछि उनले गाडीमै गुडेर उद्घाटन गरेका थिए ।

    दुई वर्षभन्दा बढीको अध्ययन–अनुसन्धानपछि विश्वविद्यालयले गत चैत १८ मा हाइड्रोजन कारको सफल परीक्षण गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend