काठमाडौँ । बुद्ध एयरले ७० हजार घण्टा उडान गरेको एटीआर जहाजको विदाई गरेको छ । कम्पनीले सन् २००८ मा आइएफसीको ऋण सहयोगमा दुईवटा एटिआर–४२–३२० जहाज भित्र्याएकोमध्ये मंगलबार ९ एन एआइएन जहाजको विदाई गरेको हो ।
‘जहाजको उमेर उसको उडान अवतरण संख्याले निर्धारण गर्छन् । तसर्थ जहाजको उमेर अवधि साता, दिन, वर्षको आधारमा हुँदैन । हरेक उडान अवतरणको निश्चित संख्यापछि मर्मत सम्भार तथा पार्टपुर्जा फेर्नै पर्ने हुन्छ’, वुद्ध एयरले भनेको छ ।
विमान निर्माता कम्पनीले तोकेको साईकलभन्दा १ अतिरिक्त उडान पनि भर्न पाईदैन । यसपछि जहाजलाई विदाई गर्नैपर्ने हुन्छ ।
बुध्द एयरले सन् २००८ मा आइएफसीको ऋण सहयोगमा दुईवटा एटिआर–४२–३२० जहाज भित्र्याएका थिए । उसले आईएफसीकै ऋण सहयोगमा ह्यांगरको निर्माण पनि थालेको थियो । विगत १६ वर्षमा बुध्द एयरले १९ वटा एटीआर जहाजहरु भित्र्याईसकेको छ । बुध्द एयर एटिआर अपरेटरतर्फ संसारकै सातौं ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेका छ ।
एटिआरले अहिलेसम्म हजारौं जहाजको निर्माण गरिसकेको छ । एटीआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरि यसरी विदाई गर्न लागेको संसारमै आज पहिलोपटक भएको बुद्ध एयरले दाबी गरेको छ ।

