२०८३, आश्विन २० गते

images
  • समाचार
  • ७ सचिवको सरुवा, कहाँ कसले पाए...

७ सचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

७ सचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

सोमवार, पौष १४ २०८२०२:३६
सोमवार, पौष १४ २०८२०२:३६
  • images

    काठमाडौँ । सरकारले गृह सचिवसहित ७ सचिवको सरुवा गरेको छ ।

    पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै, गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा गरिएको छ।

    यस्तै लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने उनको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई ल्याइएको छ ।

    युवा तथा खेलकुद सचिव डा. हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई ल्याइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend