२०८३, आश्विन २१ गते

images

१३.०९ अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

१३.०९ अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

मंगलवार, भाद्र २५ २०८१०३:३८
मंगलवार, भाद्र २५ २०८१०३:३८
  • images

    काठमाडौं ।  सेयर बजार लगातार घट्दै गएको छ । अघिल्लो हप्ता बुधबार र बिहीबार घटेको नेप्से यो हप्ता लगातार तेस्रो कारोबार दिन मंगलबार पनि घटेको छ ।

    मंगलबार नेप्से १३.०९ अंकले घटेर  २६३२.९४ अंकमा कारोबार बन्द भएको छ । सोमबार नेप्से परिसूचक २६४६.०३  तथा आइतबार २७२७.३६ अंकमा रहेको थियो ।

    त्यसैगरी मंगलबार नेप्से घटेसंगै कारोबार पनि घटेको छ । मंगलबार ६७ कम्पनीको मूल्य बढ्दा १७० कम्पनीको मूल्यमा गिरावट आएको छ भने  ८ कम्पनीको मुल्य यथावत रहेको छ ।  

    सोमबार ३२८ कम्पनीको  १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ९३ हजार ४५९  पटक खरिद विक्री हुँदा ७ अरब २४ करोड ५५ लाख ६८ हजार ४२१ रुपैया बराबरको कारोबार भएको छ।  

    यसअघि  सोमबार ३२७ कम्पनीको  २ करोड १० लाख ४८ हनार ९११ कित्ता शेयर १ लाख ११ हजार ९८६  पटक खरिद विक्री हुँदा ९ अरब ४३ करोड ९१ लाख ०६ हजार ४२५ रुपैया बराबरको कारोबार भएको थियो ।  

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend