२०८३, आश्विन २० गते

images
  • समाचार
  • “काठमाडौं विमानस्थल सुधारको दुई महिनाभित्र परिणाम...

“काठमाडौं विमानस्थल सुधारको दुई महिनाभित्र परिणाम देखाउनुस्” :-पर्यटनमन्त्री सिन्हा

“काठमाडौं विमानस्थल सुधारको दुई महिनाभित्र परिणाम देखाउनुस्” :-पर्यटनमन्त्री सिन्हा

बुधवार, पौष १६ २०८२११:४२
बुधवार, पौष १६ २०८२११:४२
  • images

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले काठमाडौं विमानस्थलबाट यात्रा गर्दा आफ्नो अनुभव सुखद् नरहेको बताएका छन्। उनले दुई महिनाभित्र सबैले महसुस गर्ने गरी सुधार गर्न निर्देशन समेत दिएका छन्।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले विमानस्थलमा भौतिक सुधार भए पनि सामान्य यात्री र पर्यटकका लागि अनुभव अझै असहज रहेको उल्लेख गरे। उनले भने, “कस्मेटिक सुधार भयो होला, तर सामान्य मान्छे र पर्यटकका रुपमा अनुभव सुखद छैन।”

    मन्त्री सिन्हाले हवाई सुरक्षामा समेत दत्तचित्त भएर काम गर्न निर्देशन दिँदै दुई महिनाभित्र एभियसन सेफ्टी सुधारको प्रतिफल देखाउन आग्रह गरे। साथै उनले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडानको सम्भावना खोज्ने काममा प्राधिकरणलाई सक्रिय हुन निर्देशन दिए।

    उनले प्राधिकरणको लेखा, सम्पत्ति सुरक्षा र कालो सूची व्यवस्थापनमा पनि असन्तुष्टि व्यक्त गर्दै, “यो अवधिमा कुनै दबाब वा बहाना बिना काम गर्नुहोस्, निर्वाचन पछि आउने नयाँ सरकारलाई काम देखाइदिनुहोस्,” बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend